घाँस काट्न गएकी बालिकाको भीरबाट लडेर मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, जातीपोखरीमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ वर्षीया लमिना वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चैत्र १०, २०८२

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा घाँस काट्न गएकी बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, जातीपोखरीमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ वर्षीया लमिना वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लमिना घाँस काट्नका लागि सोमबार अपराह्न चुत्रोघारीडाँडा जंगल गएकी थिइन् । साँझसम्म पनि घर नआएपछि परिवार तथा स्थानीयले खोजी गर्दै जाँदा मंगलबार चुत्रोघारीडाँडाको फेदीमा उनको शव फेला परेको हो । 

चुत्रोघारीडाँडाको भीरबाट ३ सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुष्कर बोगटीले बताए । उनका अनुसार मकवानपुरमा चालु आवको चैत १० सम्म भीरबाट लडेर ५ जना मृत्यु भएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully