क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोप महिला पक्राउ

वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

चैत्र ७, २०८२

प्रताप बिष्ट

Woman arrested for allegedly defrauding by promising to send her to Canada

हेटौंडा — वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले ठगी गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ की ३७ वर्षीया धनसानी गोलेलाई पक्राउ गरेको हो । 

प्रहरीले गोलेलाई वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दामा जारी भएको पक्राउ पुर्जी बमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोलेलाई पक्राउ गरेर काठमाडौंको ताहाचलस्थित बैदेशिक रोजगार विभागमा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले बताए । 

प्रताप

Link copied successfully