दोलखाको मुख्य पर्यटकीय गन्तव्य कालिञ्चोक बेदिङसहित चेर्दङलगायतमा हिउँ परेको हो ।
दोलखा — दोलखामा वर्षासहित उच्च भेगमा हिमपात भएको छ । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य कालिञ्चोक बेदिङसहित चेर्दङलगायतमा हिउँ परेको हो । हावाहुरी पनि चलिरहेको छ । जनजीवन सामान्य छ ।
पर्यटनको मुख्य सिजन सुरू हुने बेलामा बेदिङमा भारी हिमपात भएपछि स्थानीय चिन्तित बनेका छन् । यस्तै कालिञ्चोक क्षेत्रमा भने चैतमा पनि हिमपात भएपछि व्यवसायी उत्साहित बनेका छन् ।
चरिकोट लगायतका क्षेत्रमा वर्षा र हावाहुरी चलेको छ ।
