हावाहुरीसँगैको वर्षाले सडक माथिबाट पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
हेटौंडा — वर्षासँगै माथिबाट खसेको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ । कान्ति लोकपथको भीमफेदी गाउँपालिकाको गंगटेस्थित सडकमा माथिबाट पहिरो खसेर शुक्रबार अपरान्ह ५ बजेदेखि सडक अवरुद्ध भएको हो ।
हावाहुरीसँगैको वर्षाले सडक माथिबाट पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
पहिरोका कारण काठमाडौंबाट हेटौंडातर्फ आएका सवारीसाधन बागमती पुलनजिक रोकिएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ गइरहेको सवारीसाधन ठिंगनमा रोकिएका छन् ।
पहिरो गएको स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ६ किलोमिटर पूर्वोत्तरमा पर्छ ।