मकवानपुरमा एसईई दिने विद्यार्थीको संख्या घट्यो

चैत १९ बाट सुरु हुने परीक्षामा नियमित र ग्रेडवृद्धि गरी जिल्लाबाट ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । गत वर्ष ७ हजार ४ सय ५६ परीक्षार्थी सहभागी थिए ।

चैत्र ४, २०८२

प्रताप विष्ट

The number of students taking SEE has decreased in Makawanpur.

हेटौंडा — मकवानपुरबाट यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीको संख्या घटेको छ । गत वर्षको तुलनामा यसपालि २ सय छात्राछात्रा कम सहभागी हुन लागेका हुन् । 

चैत १९ बाट सुरु हुने परीक्षामा नियमित र ग्रेडवृद्धि गरी जिल्लाबाट ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । गत वर्ष ७ हजार ४ सय ५६ परीक्षार्थी सहभागी थिए ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुदीप गिरीले अधिकांश विद्यालयले योग्यता परीक्षामै कम विद्यार्थी सहभागी गराउनाले संख्या कमी हुँदै आएको बताए ।  

जिल्लास्थित १ सय ५ वटा सामुदायिक र ३७ वटा संस्थागत विद्यालयका छात्रछात्रा एसईईमा संलग्न हुँदैछन् । नियमिततर्फ ५ हजार ५ सय २७ र ग्रेडवृद्धितर्फ १ हजार ६५ गरी ७ हजार १ सय ९२ परीक्षार्थीले एसर्ईई दिँदै छन् । जिल्लाका १० पालिकामा २८ परीक्षा केन्द्र राखिएका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully