इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काकाअनुसार फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि उनी सम्पर्कविहीन थिए ।
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको बलेफीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको बलेफी गाउँपालिका–७ माख्लो चिम्लिङमा अन्दाजी ३८ वर्षीय मिलन तामाङको शव शनिबार घरभित्र भेटिएको हो । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काकाअनुसार फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि उनी सम्पर्कविहीन थिए ।
गाउँमा दुर्गन्ध फैलिएपछि स्थानीयले खबर गरेपछि प्रहरी आएर घर खानतलासी गर्दा तामाङको शव फेला परेको थियो । घटना के कारणले भयो भन्ने खुलिसकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।
