गाडी चिप्लीएर दाउन्नेमा राजमार्ग अबरुद्ध

जिल्ला ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार राजमार्ग चिप्लो भएर बिहान ७ बजेदेखि राजमार्ग अबरुद्ध भएको हो ।

फाल्गुन २५, २०८२

नारायण शर्मा

Highway blocked after vehicle skids and crashes

नवलपरासी — बिहान परेको सामान्य झरीले गाडी चिप्लिएर पूर्व–पश्चिम राजमार्गको सडक खण्ड अबरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार राजमार्ग चिप्लो भएर बिहान ७ बजेदेखि राजमार्ग अबरुद्ध भएको हो ।

पूर्व–पश्चिम राजमार्ग हुँदै पूर्व पश्चिम हिँडेको सयौँ सवारी साधन दुम्कीवास र बर्दघाटमा रोकिएका छन्। 

निर्माणाधीन दाउन्ने सडक खण्डमा धुलाम्य राजमार्गमा पानी परेपछि गाडी चिप्लिएर आवगमनमा समस्या भएको हो। 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully