रामेछापका ७ उम्मेदवारले कटाएनन् सय मत

रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. कृष्णहरि बुढाथोकी विजयी भए । बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुङ्गेललाई ७ हजार १ सय ९९ मतान्तरले पराजित गरे ।

फाल्गुन २५, २०८२

नवराज श्रेष्ठ

7 candidates from Ramechhap did not get 100 votes

What you should know

रामेछाप — गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रामेछापमा उम्मेदवार बनेका मध्ये ७ जनाले १०० मत पनि कटाउन सकेनन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र एकमात्र रहेको रामेछापमा ३ जना स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा थिए। 

तीमध्ये मंगोल नेसनल पार्टीका विनोद घिसिङ र नेपाल मजदुर किसान पार्टीकी केशरी श्रेष्ठले समान ५६ मत प्राप्त गरेका छन्। नेसनल रिपब्लिक नेपालका यमबहादुर मोक्तानले ७५ मत पाउँदा आमजनता पार्टीका पदमबहादुर तामाङले ३६ मत मात्रै ल्याए।

त्यस्तै स्वतन्त्र उम्मेदवार अरुण कार्कीले ९८, बाबुकाजी खड्काले २२ र सन्तोष घिमिरेले ६१ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार ३ दलका उम्मेदवारले २ सय मतसमेत कटाउन सकेनन्। राष्ट्रिय जनमोर्चाका अर्जुनबहादुर थापा मगरले १ सय ६१, प्रगतिशील लोकतान्त्रिक पार्टीका वीरेन्द्र श्रेष्ठले १ सय १५ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का यमुनबहादुर बस्नेतले १ सय ५६ मत प्राप्त गरेका छन्।

त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरे तामाङले ५ सय ४३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङ्गी मगरले १ हजार ३ सय ३६ मत पाएका छन्।

रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. कृष्णहरि बुढाथोकी विजयी भए ।  आइतबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुङ्गेललाई ७ हजार १ सय ९९ मतान्तरले पराजित गरे ।  ढुङ्गेलले १७ हजार ६ सय ९ मत प्राप्त गरेका छन्। 

नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत प्राप्त गरेका छन्। यसै गरी नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले ७ हजार २ सय १० मत पाएका छन्।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully