जारी मतगणनामा भण्डारीले १५३० र एमालेका अशोक ब्यान्जुले १०३५ मत ल्याएका छन् ।
काभ्रे — काभ्रेका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लामा कुल ३ लाख २६ हजार ६ सय ११ मतदाता रहेकामा १ लाख ९७ हजार ३ सय ४१ मत खसेको छ, जुन ६०.४२ प्रतिशत हो। खसेको मतमध्ये पुरुष १ लाख ४ हजार ५ सय १२ र महिला ९२ हजार ८ सय २९ रहेका छन्।
क्षेत्र नं. १ मा १ लाख ६१ हजार ९ सय मतदाता रहेकामा ९१ हजार १ सय २८ मत खसेको छ, जुन ५६.५७ प्रतिशत हो। यस क्षेत्रमा पुरुष ४९ हजार ३ सय ८८ र महिला ४१ हजार ७ सय ४० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रको मतगणना महाभारत गाउँपालिका वडा नं. ५ स्थित ग्रामोन्नति माध्यमिक विद्यालय मतदान स्थलबाट सुरु गरिएको छ।
त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा १ लाख ६४ हजार ७ सय ११ मतदाता रहेकामा १ लाख ६ हजार २ सय १३ मत खसेको छ, जुन ६४.७१ प्रतिशत हो। यस क्षेत्रमा पुरुष ५५ हजार १ सय २८ र महिला ५१ हजार ८५ मत खसेको छ।
क्षेत्र नं. २ अन्तर्गत धुलिखेल नगरपालिका वडा नं. १, २ र ३ को प्रारम्भिक मतगणनाको परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदन भण्डारी (घण्टी) ले अग्रता लिएका छन्।
हालसम्मको मतगणना अनुसार
घण्टी (बदन भण्डारी) – १५३० मत
सूर्य (अशोक ब्यन्जु) – १०३५ मत
रुख (मधु आचार्य) – ५५२ मत
तारा (बसुन्धारा हुमागाई) – १८३ मत
