काठमाडौं १० मा रास्वपा उम्मेदवार ५ हजार मतले अगाडि 

मतपरिणाम अपडेट

फाल्गुन २२, २०८२

कान्तिपुर संंवाददाता

काठमाडौँ — काठमाडौं क्षेत्र नं. १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप विष्टले ५ हजार मतले अग्रता कायम गरेका छन् । 

प्राप्त पछिल्लो मत परिणाम अनुसार, विष्टले ६ हजार ६६० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार हिमाल कार्कीले १ हजार ३४८ र एमाले उम्मेदवार विनोद श्रेष्ठले १ हजार १ मत ल्याएका छन् । 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रुपा महर्जन श्रेष्ठले ४३६ मत ल्याएकी छन् । 

मत गणना जारी छ ।

कान्तिपुर

Link copied successfully