चितवन-३ रास्वपाका सोविता गौतमलाई सुरूवाती अग्रता, पछ्याउँदै रेनु दाहाल

चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी उम्मेदवार सोविता गौतमले सुरूवाती अग्रता लिएकी छन् । गौतमको ९२५ मत आउँदा दाहालको ६७९ मत आएको छ ।

फाल्गुन २२, २०८२

रमेशकुमार पौडेल

Chitwan-3 RSVP's Sobita Gautam has an initial lead, followed by Renu Dahal

चितवन — भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चितवन-३ मा प्रतिनिधि सभा सदस्यको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवार र बनेकी रेनु दाहाल सुरूवाती मतगणनामा पछाडी परेकी छन् ।

चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी उम्मेदवार सोविता गौतमले सुरूवाती अग्रता लिएकी छन् । गौतमको ९२५ मत आउँदा दाहालको ६७९ मत आएको छ ।

चितवन-३ को माडी नगरपालिकाका वडाहरू ५, ६ र ९ बाट गणना सुरू भएको हो । एमालेका शंकर थपलियाको २०२ र कांग्रेसका टेकप्रसाद गुरूङको १२९ मत आएको छ । चितवन-३ को दुई हजार ८७ मत गणना भएको छ । यहाँ एक लाख ५३ मत खसेको थियो ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully