मध्यान्हसम्म चितवनमा ३२ प्रतिशत मतदान भएको छ ।
चितवन — तीन निर्वाचन क्षेत्र रहेको चितवनमा तीन ठाउँमा मत गणना हुनेछ ।
चितवन-१ को मतगणना खैरहनी नगरपालिकन-६ को भुवानीशंकर क्याम्पसमा, चितवन-२ को भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा र चितवन-३ को रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना हुनेछ ।
मतगणनास्थलमा तारजालीको छेकबार लगाउनुका साथै सीसीटीभी क्यामरा जडान गरिएको चितवन-२ का मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए । बिहान ७ बजेबाट सुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
मतदान सकिएपछि मतपेटिका संकलन गरी गणनास्थलसम्म ल्याइनेछ । चितवनमा कुल मतदाता संख्या ४ लाख ४२ हजार ८२ रहेको छ ।
मध्यान्हसम्म चितवनमा ३२ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरेर ३२ प्रतिशतको हाराहारीमा मत खसेको जानकारी दिए ।
चितवनमा कुल मतदाता ४ लाख ४२ हजार ८२ छन् । जिल्लाभर १६२ मतदानस्थलमा ४९२ मतदान केन्द्र छन् । सबै केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको कार्कीले बताए ।
