दोलखा — दोलखाको कालिञ्चोक गाउँपालिका-८ कालिनाग मतदानस्थलमा सहकारीको परिचयपत्रले मतदान गर्न खोजेपछि विवाद भएको छ ।
सहकारी परिचयपत्रले मत खसाल्न मतदान अधिकृतले नदिएपछि विवाद उत्पन्न भएको हो । विवादपछि मतदान रोकिएको छ ।
मतदानलाई पुन: सञ्चालन गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।