बिहीबार साँझ ५ बजे मतदान सकिएसँगै मतपेटिका गणनास्थल ल्याउन सुरू गरिएको हो ।
चितवन — प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान सकिएसँगै चितवनका मतदान केन्द्रहरुबाट मतपेटिक संकलनको काम सुरु गरिएको छ ।
बिहीबार साँझ ५ बजे मतदान सकिएसँगै मतपेटिका गणनास्थल ल्याउन सुरू गरिएको हो । १६८ मतदान केन्द्र रहेको चितवन-१ मा मतपेटिका गणना केन्द्र आएर बुझ्न सुरू गरेको निर्वाचन अधिकृत विकासकुमार रजगले बताए ।
चितवन-२ का मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले पनि मतपेटिका गणनास्थलमा आउन सुरू भएको जानकारी दिए ।
चितवन-३ का निर्वाचन अधिकृत बालकृष्ण निरौलाले सबै मतदान केन्द्रमा मतदान सकिए पनि साँझ ६ बजेसम्म मतपेटिका गणनास्थलमा आइ नपुगेको बताए । उनले चितवन-३ मा ६० प्रतिशतभन्दा माथि मतदान भएको प्रारम्भिक विवरण आएको जानकारी दिए । चितवन कति जनाले मतदान गरे भन्ने विवरण लिने काम भइरहेको चितवनका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बताए ।
