सिन्धुपाल्चोकमा ३ बजेसम्म ४१ प्रतिशत मतदान

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल मतदातामध्ये दिउँसो ३ बजेसम्म ४१ प्रतिशतले मतदान गरेका हुन् ।

फाल्गुन २१, २०८२

अनिश तिवारी

41 percent voting in Sindhupalchowk till 3 pm

सिन्धुपाल्चोक — दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बिहीबार दिउँसो ३ बजेसम्म ४१ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल मतदातामध्ये दिउँसो ३ बजेसम्म ४१ प्रतिशतले मतदान गरेका हुन् । 

तीन नगर र नौ गाँउपालिका रहेको सिन्धुपाल्चोकमा दुई क्षेत्रमा २ लाख ७४ हजार ९ सय ९८ मतदाता छन् ।

जसमध्येहालसम्म १ लाख १३ हजार ४ सय ३५ मतदाताहरूले मतदान गरेका छन् । जसमा महिला ५० हजार ९ सय ७५ र पुरुष ६२ हजार ४ सय ६१ मतदाता छन्।

मुख्य निर्वाचन अधिकृत रिता बख्रेलका अनुसार मतदाता उत्साहित भएर मतदानमा आएका छन् । जिल्लामा १ सय ४६ मतदानस्थल र ३ सय ३८ मतदान केन्द्र छन् । सिन्धुपाल्चोक–१ मा ८३ मतदान स्थल र १ सय ७२ केन्द्र कायम छन्। 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully