रामेछापमा दिउँसो ३ बजेसम्म ४० प्रतिशत मत खस्यो

जिल्लामा रहेका कुल मतदातामध्ये दिउँसो ३ बजेसम्म ७५ हजार ९५१ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नारायण लामिछानेले बताए ।

फाल्गुन २१, २०८२

नवराज श्रेष्ठ

40 percent of votes cast in Ramechhap by 3 pm

रामेछाप — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछापमा दिउँसो ३ बजेसम्म ४० प्रतिशत मतदान भएको छ।

जिल्लामारहेका कुल मतदातामध्ये दिउँसो ३ बजेसम्म ७५ हजार ९५१ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नारायण लामिछानेले बताए । उनका अनुसारयो अवधिसम्म पुरुष ४१ हजार ४९० र महिला ३४ हजार ४६१ जनाले मतदान गरका छन् ।

रामेछापमा कुल १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन्। बिहानदेखि नै अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति कम देखिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्रै रहेको रामेछापमा यो निर्वाचनका लागि ९६ मतदान स्थल र २२८ मतदान केन्द्र रहेका छन् ।

जिल्ला सदरमुकाम मन्थलीको मतदान केन्द्र लगायत ग्रामीण भेगका मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति न्यून देखिएको छ ।

जिल्लाप्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी भोलाकुमार भट्टका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। सुरक्षा व्यवस्थासमेत कडा पारिएकाले मतदान प्रक्रिया सहज रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully