हेटौंडामा १०२ वर्षका वृद्धले गरे मतदान

पौडेलले २०१५ सालदेखि मतदान गर्दै आएका छन् ।

फाल्गुन २१, २०८२

प्रताप विष्ट

102-year-old man casts his vote in Hetauda

हेटौंडा — प्रतिनिधिसभा सदस्य निर्वाचनमा हेटौंडा उपमहानगरपालिका-६ वंशगोपाल मावि विद्यालयको मतदान केन्द्रमा १०२ वर्षका वृद्धले मतदान गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका-६ का १०२ वर्षीय टीकादत्त पौडेलले मतदान गरेका हुन् । मतदान केन्द्रमा ह्विलचियरमा ल्याइएका पौडेलका छोराले उनलाई सहयोग गरे । कान राम्रोसँग सुन्ने तर आँखा ठम्याउन नसक्ने र हिँडडुल गर्न कठिनाइ हुने पौडेलले २०१५ सालदेखि मतदान गर्दै आएका छन् ।

यसैगरी मकवानपुर–१ को मकवानपुरगढी गाउँपालिका–४ स्थित मनकामना माध्यमिक विद्यालय मतदान केन्द्रमा ९३ वर्षीय दुर्गाप्रसाद हुमागाईंले पनि मतदान गरेका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully