दुर्घटनाग्रस्त गाडीमा सुरक्षाकर्मी, कर्मचारी गरी ५ देखि ७ जना रहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले बताए ।
रामेछाप — निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको एक गाडी रामेछापमा दुर्घटनामा परेको छ। स्थानीयका अनुसार रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालयनजिकैको स्वामीडाँडा भीरबाट गाडी खसेको हो।
दुर्घटनाग्रस्त गाडी वडा २ स्थित शीतलादेवी मतदान केन्द्र र वडा ३ स्थित साँघुटार वडा कार्यालय मतदान केन्द्रका लागि निर्वाचन सामग्री तथा कर्मचारी लिएर जाँदै गरेको जनाइएको छ।
दुर्घटनाग्रस्त गाडीमा सुरक्षाकर्मी, कर्मचारी गरी ५ देखि ७ जना रहेको जानकारीबाहेक थप विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले बताए ।
अप्ठेरो र भिरालो स्थानबाट गाडी खसेकाले मानवीय तथा भौतिक क्षतिको यकिन विवरण हालसम्म प्राप्त हुन नसकेको उनले बताए ।
