दोलखामा हिमपात र असिना पानी

मंगलबार दिउँसोदेखि जिल्लाको कालिञ्चोक, शैलुङ, चेर्दुङ,बेदिङ, लप्ची लगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

फाल्गुन १२, २०८२

केदार शिवाकोटी

Snowfall and hail in Dolakha

दोलखा — दोलखाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । तल्लो क्षेत्रमा असिनासहित वर्षा भएको छ । मंगलबार दिउँसोदेखि जिल्लाको कालिञ्चोक, शैलुङ, चेर्दुङ,बेदिङ, लप्ची लगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । 

यस्तै,चरिकोटसहित तल्लो क्षेत्रमा असिनासहित वर्षा भइरहेको छ । 

हिउँदे वर्षा र हिमपातका कारण मकै छर्न ठिक्क परेका तल्लो क्षेत्रका किसानले राहतको महसुस गरेका छन् ।

यस्तै, माथिल्लो क्षेत्रमा हिमपातले आलु रोपिसकेका किसान बारीमा चिस्यान पुग्ने भन्दै खुसी भएका छन् । 

यस्तै, शैलुङ र कालिञ्चोकमा हिमपात भएका कारण आन्तरिक पर्यटकको चहलपहल बढ्ने भन्दै होटल व्यवसायी उत्साहित बनेका छन् । 

केदार शिवाकोटी

Link copied successfully