नुवाकोटको विकासलाई पूर्णता दिन जनताको भरोसा चाहिएको छ : तामाङ 

शनिबार लिखु गाउँपालिकाको छहरेमा आयोजित पत्रकार भेटघाटमा बोल्दै निर्वतमान सांसद रहेका तामाङले नुवाकोटको अधुरो विकासलाई पूर्णता दिन र जनताको सुख-दुःखको साक्षी बन्न फेरि उम्मेदवार बनेको बताएका हुन् ।

फाल्गुन ९, २०८२

कान्तिपुर संवाददाता

नुवाकोट — नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका पूर्वमन्त्री हितबहादुर तामाङले जिल्लाको अधुरा विकासलाई पूर्णता दिन आफूलाई जनताको भरोसा चाहिएको बताएका छन् । 

शनिबार लिखु गाउँपालिकाको छहरेमा आयोजित पत्रकार भेटघाटमा बोल्दै निर्वतमान सांसद रहेका तामाङले नुवाकोटको अधुरो विकासलाई पूर्णता दिन र जनताको सुख-दुःखको साक्षी बन्न फेरि उम्मेदवार बनेको बताएका हुन् । 'म केवल चुनाव जित्नका लागि मात्र यहाँ आएको होइन, नुवाकोटको अधुरो विकासलाई पूर्णता दिन र जनताको सुख-दुःखको साक्षी बन्न फेरि तपाईंहरूको आँगनमा आइपुगेको छु,' पूर्वमन्त्री तामाङले भने, 'मलाई यो पटक पद होइन, तपाईंहरूको त्यो भरोसा चाहिएको छ जसले अधुरा योजनाहरूलाई पूर्णता दिन शक्ति प्रदान गरोस् ।'

तामाङले आफ्नो चुनावी एजेन्डामा कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताए । विशेषगरी छहरे क्षेत्रलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्ने र गाउँ-गाउँमा स्वास्थ्य र शिक्षाको पहुँच पुर्‍याउने उनको संकल्प छ ।

विगत केही दिनदेखि जारी 'जनताको घरदैलो' अभियानअन्तर्गत तामाङले लिखु गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद र टोल भेला सम्पन्न गरेका छन् । अभियानमा नेकपाका स्थानीय नेता, कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो । नुवाकोट-१ बाट दुईपटक प्रतिनिधिसभा सदस्यमा लगातार निर्वाचित तामाङ पाँचौंपटक निर्वाचन मैदानमा छन् ।

कान्तिपुर

Link copied successfully