मकवानपुरमा ४३८ केजी गाँजासहित २ जना पक्राउ 

अघिअघि गाँजा बोक्ने गाडी, पछाडि रेकीमा मोटरसाइकल

फाल्गुन ६, २०८२

प्रताप विष्ट

2 arrested with 438 kg of marijuana in Makawanpur

हेटौंडा — मकवानपुर प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जना युवकलाई पक्राउ गरेको छ । गाँजा बोकेको जिप पनि प्रहरीले बरामद गरेको छ । 

४३८ केजी गाँजासहित मकवानपुर कैलाश गाउँपालिका-१० का  २७  वर्षीय  रामबहादुर मोक्तान र  १९ वर्षीय अनिल थिङलाई पक्राउ गरेको छ ।

भीमफेदी गाउँपालिका-२ चुनियास्थित भित्री सडकमा खण्डमा लु. १ च. २१५२ नं. को बोलेरो गाडी र बा.प्र.०३–००५ प.४५७६ मोटरसाइकल चेक गर्ने क्रममा गाडीमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीले बताए ।

उक्त गाडी बुधबार बिहान साढे १२ कालिकाटार नामटार हुँदै हेटौंडातर्फ आइरहेको थियो । मोटरसाइकलले गाडीको रेकी गरेको प्रहरीको भनाइ छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully