सामान्य विवादमा दोलखामा जेठाजुले गरे बुहारीको हत्या

दोलखाको कालिञ्चोक गाउँपालिका–५ मा जेठाजुले धारिलो हतियार प्रयोग गरेर बुहारीको हत्या गरेका हुन् ।

फाल्गुन २, २०८२

केदार शिवाकोटी

दोलखा — दोलखाको कालिञ्चोक गाउँपालिका–५ मा जेठाजुले धारिलो हतियार प्रयोग गरेर बुहारीको हत्या गरेका छन् ।

शनिबार दिउँसो घरेलु हतियार प्रयोग गरेर ६८ वर्षीय चन्द्रबहादुर थामीले ५१ वर्षीया बुहारी देउमाया थामीको हत्या गरेको प्रहरीले जनाएको छ ।

सामान्य विवादमा थामीले खुकुरी र ढुंगा प्रहार गरेर बुहारीको वीभत्स हत्या गरेर फरार भएका थामीलाई प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाको टोलीले कालिञ्चोक –६ लेप्टुङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

हत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केदार शिवाकोटी

Link copied successfully