होटलको कोठाबाट खैरो हिरोइनसहित दुई युवक पक्राउ

इलाका प्रहरी कार्यालय नेवारपानी हेटौंडाबाट खटिएको प्रहरी टोलीले मोक्तान र घलानलाई हेटौंडा—१९ स्थित एक होटलको कोठाबाट पक्राउ गरेको हो ।

माघ २८, २०८२

प्रताप विष्ट

हेटौंडा — मकवानपुर प्रहरीले खैरो हिरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ  । २२० मिलिग्राम खैरो हिरोइनसहित मनहरी गाउँपालिका—३ का २४ वर्षीय बिजय मोक्तान र हेटौंडा उपमहानगरपालिका—१२ का २४ वर्षीय सुवर्ण घलानलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय नेवारपानी हेटौंडाबाट खटिएको प्रहरी टोलीले मोक्तान र घलानलाई हेटौंडा—१९ स्थित एक होटलको कोठाबाट पक्राउ गरेको हो । लागुऔषधको कारोबार गर्न होटलको कोठामा मोक्तान र घलान बसेको सूचनापछि होटलको कोठामा गएर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए । पक्राउपश्चात् उनीहरुको शरीर खानतलासी गर्दा खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully