घरको माथिल्लो तलाबाट लडेर वृद्धको मृत्यु

घरको माथिल्लो तलामा काम गर्ने क्रममा खसेर उनी घाइते भएका थिए ।

माघ २०, २०८२

प्रताप विष्ट

Elderly man dies after falling from upper floor of house

हेटौंडा — आफ्नै घरको माथिल्लो तलाबाट लडेर एक वृद्धको मृत्यु भएको छ । 

मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका-५ लीलावनका ६४ वर्षीय दिलबहादुर घलानको घरको एक तलामाथिबाट लडेर मृत्यु भएको हो । 

घरको माथिल्लो तलामा काम गर्ने क्रममा खसेर उनी घाइते भएका थिए । तत्काल उपचारका निम्ति काठमाडौंस्थित केएमसी अस्पतालमा लगिएको थियो । उपचारको क्रममा सोमबार बेलुका मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully