केराको चिप्स, मोमो, र छोइला बेच्दै चितवनका ठाकुर

पूर्व पश्चिम राजमार्ग आडमै ठाउँ खाली देखेपछि हप्ता दिन पहिले नयाँ ठाउँमा रेष्टुरेन्ट सुरु गरेका छन् ।

माघ २०, २०८२

रमेशकुमार पौडेल

A Thakur from Chitwan selling banana chips, momos, and choila

What you should know

चितवन — केरा खेती गर्दै आएका ठाकुर सापकोटाले केराका परिकारहरु बेच्न रेष्टुरेन्ट सुरु गरेका छन् । केरा प्रायले पाकेको कोसा खान्छन् । घरमा काँचो केराको तरकारी अचार बनाएर खाने चलन पनि छ ।

केराकै स्वादिलो मोमो, पिरो पिरो बनाना चिल्ली, मरमसला राखेर साँधेको केराको छोइला जस्ता परिकारहरु देशका विभिन्न भागमा लाग्ने व्यपारिक मेला महोत्सवका स्टलहरुमा देख्न र चाख्न पाइन्छ ।

यस्ता परिकारहरु बेच्ने रेष्टुरेन्टहरु पनि खुल्न थालेका छन् । रत्ननगर बकुलहर चोकको ‘चितवन केरा संसार’मा केराका परिकारहरु पाक्ने गर्दछन् ।

A Thakur from Chitwan selling banana chips, momos, and choila

केरा खेती गर्दै आएका ठाकुर सापकोटाले यो रेष्टुरेन्ट चलाएका छन् । रत्ननगर नगरपालिका–१२ जिरौना बाघदेविका ४४ वर्षीय सापकोटाले १४ वर्षदेखि केरा खेती गर्दै आएका छन् । केराको राम्रो मूल्य लिने सोचले परिकार बनाएर बेच्न लागेको उनले बताए ।

A Thakur from Chitwan selling banana chips, momos, and choila

 ‘बारीमा बेच्नका लागि केरा तयार हुन्छ तर कहिले राम्रो मूल्य आउँछ, कहिले घाटा बेहोर्नुपर्दछ । काँचो या पाकेको कोसामात्रै किन बेच्ने भनेर यता तिर लागेको हुँ,’ ठाकुरले भने । कैलालीमा कालु हमाल लगायतले केराका विभिन्न परिकारहरु बनाएर बेच्दै आएको सुनेपछि रेष्टुरेन्ट खोल्ने सोच बनाएको उनले बताए । उनको रेष्टुरेन्ट ‘चितवन केरा संसार’ मा परिकारसँगै काँचो र पाकेको केरा पनि बिक्री हुन्छ ।

A Thakur from Chitwan selling banana chips, momos, and choila

अरु तिरभन्दा केही सस्तो मूल्यमा केरा बिक्री गर्ने उनले बताए । ‘खेतमा गरेको उत्पादन खेतबाट मात्रै बेच्दा समस्या पनि आयो । यसबाट परिकारहरु बन्दछन् भने किन नबनाउने भनेर म यता तिर लागेको हुँ’ सापकोटाले भने । तीन महिनाअघि चाकेदेखि केही भित्र रेष्टुरेन्ट खोले । पूर्व पश्चिम राजमार्ग आडमै ठाउँ खाली देखेपछि हप्ता दिन पहिले नयाँ ठाउँमा रेष्टुरेन्ट सुरु गरेका छन् ।

‘पुरानो ठाउँमा पनि एक पटक आएका व्यक्तिहरु मिठो खानेकुरा रहेछ भनेर पटक पटक आए । राम्रो चल्न थाल्यो । बाटोकै आडमा भए अझै राम्रो गर्न सक्छु भनेर भाडा महङ्गो भए पनि यहाँ आएँ,’ ठाकुरले भने । मोमो, छोइला, पकौडा, चिल्ली, चिप्स, लस्सी लगायत सात आठ परिकार बनाउने उनले बताए । फागुन अन्तिमसम्म केराको ब्राण्डी बनाएर बेच्ने उनको तयारी छ ।

A Thakur from Chitwan selling banana chips, momos, and choila

‘केरा खेती २७ विघासम्म थियो । घट्दै गएर अहिले १२ विघामा खुम्चेको छ । कोसा मात्रै बेचेर राम्रो फाइदा नहुने देखेर नै परिकार बनाएर बेच्न सुरु गरेको हुँ’, भन्छन् सापकोटा । समस्या आउँदा खोजेको समाधानको उपाए रहेको उनको भनाइ छ । उनले केराको वाइन पनि बनाउने योजना रहेको बताए । ‘वाइनलाई लगानी र समय लाग्ने भएका कारण यसको बारेमा सोच बन्दै छ । ब्राण्डी भने सुरु गरी हाल्दै छु,’ ठाकुरले भने ।

A Thakur from Chitwan selling banana chips, momos, and choila

चितवनमा पनि केराका मात्रै परिकार बेच्ने रेष्टुरेन्टहरु यसअघि पनि फाट्टफुट्ट खुलेका थिए । तर ति राम्रोसँग चल्न सकेनन् । अहिले धेरै कुरा विचार र अध्ययन गरेर ग्राहकले रुचाउने परिकारहरु तयार गरेको उनले बताए । ‘स्वाद त छँदैछ केराका परिकार स्वास्थ्यवर्धक पनि हुन् । स्वाद कसरी कायम राख्ने भनेर मैले राम्रो कोशिस गरेको छु । त्यसैले ग्राहकले रुचाइरहेका छन्,’ ठाकुरले भने ।

ग्राहकले रुचाएका कारणले रेष्टुरेन्ट राम्रोसँग चल्ने उनलाई विश्वास छ । चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष तथा हाल केन्द्रीय समितिका अध्यक्ष विष्णुहरि पन्त परिकार बिक्री गर्ने परिपाटीले केरा खेतिलाई राम्रो टेवा पुग्ने बताउँछन् । ‘केराको फलका विभिन्न स्वादिला परिकारहरु बन्छन् । बुँगो (फूल)को मिठो अचार बन्छ । ग्राहकले मनपराउने परिकार बिक्री हुँदा केरा कै माग बढ्छ,’ पन्तले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully