१० केजी गाँजासहित तीन भारतीय पक्राउ

सडक छेउमा रोकिराखेको कारको खानतलासी गर्दा कारको डिक्कीमा लुकाएर राखेको १० केजी १ सय २४ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

माघ १९, २०८२

प्रताप विष्ट

Three Indians arrested with 10 kg of marijuana

हेटौंडा — मकवानपुर प्रहरीले मनहरी गाउँपालिका-९ ज्यामिरेवाट १० केजी गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा बोकेको भारतीय कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा-मनहरी सडक खण्डमा पर्ने ज्यामिरेमा रोकिराखेको यूपी ३२एफएफ ००५५ नम्बरको कार र कार चालक भारत विलेज सिखेडा कवल मुजफरनगर उत्तर प्रदेशका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मोहमद जुबेर र   भारत अम्बा बिहारका ४४ वर्षीय  साबीरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

कारमा गाँजा राखेको  इप्रका मनहरीले जानकारी पाएपछि मनहरीबाट प्रहरी टोली आएर सडक छेउमा रोकिराखेको कारको खानतलासी गर्दा कारको डिक्कीमा लुकाएर राखेको १० केजी १ सय २४ ग्राम गाँजा फेला परेको थियो । प्रहरीले गाँजा, कार र तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully