डोजरले पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए ।
काभ्रे — सुक्खा पहिरो झरेर अवरुद्ध भएको बीपी राजर्मागको भकुण्डे–मंगलटार खण्ड सञ्चालनमा आएको छ ।
डोजरले पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए । उनका अनुसार, अहिले राजमार्गमा दुइतर्फी यातायात चलिरहेको छ ।
आइतबार साँझ ७:२५ बजेतिर भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध नगरपालिका–४ स्थित १ नम्बर पुल नजिक सुक्खा पहिरो झरेको थियो । पहिरोका कारण राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
