नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस पल्टियो, ३८ जना यात्रु घाइते

घाइतेमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ

माघ १६, २०८२

रमेशकुमार पौडेल

Bus overturns on Narayangadh-Muglin road, 38 passengers injured

चितवन — दाङबाट काठमाडौं जाँदै गरेको बस नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा गएराति दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । 

घाइतेमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ४६० नम्बरको बस राति सवा ३ बजेतिर नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आफै अनियन्त्रित भएर पल्टेको थियो ।

घाइतेमध्ये १५ जनाको भरतपुरको मौलाकालिका अस्पताल, १३ जनाको पुरानो मेडिकल कलेज, ४  जनाको चितवन मेडिकल कलेज र ६ जनाको मुग्लिनको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully