उडानका लागि भिजिविलिटी नपुगेपछि आजका सबै उडान रद्द गरिएको बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए ।
चितवन — खराब मौसमका कारण आज चितवनको भरतपुर विमानस्थल बन्द भएको छ ।
उडानका लागि भिजिविलिटी नपुगेपछि आजका सबै उडान रद्द गरिएको बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए ।
न्यूनतम भिजिविलिटी ५ हजार मिटर आवश्यक हुनेमा आज २ हजार ५ सय मात्रै पुगेको थियो । भरतपुर विमानस्थलबाट हाल बुद्ध एयरको दैनिक ७ वटा उडान हुँदै आइरहेको छ । एटीआर ७२ र ४२ विमानले काठमाडौं र पोखरा उडान भर्दै आइरहेको छ ।
भरतपुर विमानस्थल हुँदै दैनिक ५ सयभन्दा बढी यात्रुहरु चितवन–काठमाडौं र पोखरा आवातजावत गर्दै आइरहेका छन् । हवाइजहाजमार्फत यात्रा गर्ने यात्रुले चितवनबाट काठमाडौं जाँदा ४ हजार ६१५ रुपैयाँको टिकट काट्नु पर्नेछ भने काठमाडौंबाट चितवन आउँदा ४ हजार ७१५ रुपैयाँ टिकट शुल्क रहेको छ ।
