बुधबार बिहान सामान्य हिमपात भएपनि साँझबाट पुनः हिमपतात सुरू भएको हो ।
दोलखा — दोलखाको कालिञ्चोक, बेदिङ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।
बुधबार बिहान सामान्य हिमपात भएपनि साँझबाट पुनः हिमपतात सुरू भएको हो ।
हिमपातपछि कालिञ्चोकका होटल व्यसायी उत्साहित बनेका छन् । कालिञ्चोक तराई र काठमाडौं लगायतबाट हिउँ खेल्न आउनेको मुख्य गन्तव्य पनि हो ।
यस्तै, तल्लो क्षेत्रमा सामान्य हिउँदे वर्षा भएको छ । सामान्य वर्षा भएका कारण खेतीपाती लगाएका किसान बारीसमेत नभिजेको भन्दै चिन्तामा छन् ।
हिमपात र हिउँदे वर्षाका कारण दोलखामा चिसो बढेको छ ।
