खैरोहिरोइनसहित दुई पक्राउ

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-३ का २८ वर्षीय सृजना दोङ र हेटौंडा उपमहानगरपालिका-१२ का २८ वर्षीय उमेश विक रहेका छन् ।

माघ ९, २०८२

प्रताप विष्ट

Two arrested with brown heroin

हेटौंडा — मकवानपुर प्रहरीले ४ ग्राम ७९० मिलिग्राम खैरोहिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-३ का २८ वर्षीय सृजना दोङ र  हेटौंडा उपमहानगरपालिका-१२ का २८ वर्षीय उमेश विक रहेका छन् । 

हेटौंडा-१५ सेल्फिरोडमा लागुऔषधको कारोबार गरिरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । प्रहरीले दोङ र विकलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरुको साथबाट खैरोहिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए । 

दुवै जनालाई लागुऔषधमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully