मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका ३७ वर्षीय देवेन्द्र भण्डारीको मृत्यु भएको हो ।

माघ ५, २०८२

प्रताप विष्ट

Driver dies in motorcycle accident

हेटौँडा — मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको सोमबार बिहान मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका ३७ वर्षीय देवेन्द्र भण्डारीको मृत्यु भएको हो ।

पूर्व–पश्चिम सडक खण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका—१५ नयाँ बस्तीमा  मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक भण्डारी घाइते भएका थिए ।

उपचारको क्रममा उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । अमलेखगन्जबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ८ ख २४९७ नम्बरको ट्रकले गलत साइड च्याप्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको प्र.३–०३–००१ प ८८६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

ट्रकले गलत साईड च्यापेकाले मोटरसाइकल सडक किनारामा पल्टिन पुगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । ट्रक चालक मकवानपुर थाहा नगरपालिका–२ का ३२ वर्षीय सुनिल ढकाललाई इलाका प्रहरी चौकी रातोमाटेले नियन्त्रणमा लिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully