जिल्लाको विकास र युवाको प्रतिनिधित्व गरेको भन्दै आम मतदातामा भरोसा जितेर निर्वाचनको तयारीमा जुट्ने उनले बताए ।
दोलखा — नेपाली कम्युनिस्ट पार्टीले दोलखाबाट युवा नेता विशाल खड्कालाई आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय छ । एक निर्वाचन क्षेत्र रहेको दोलखामा उनलाई केन्द्रले उम्मेदवारका लगि टिकट दिएको हो ।
खड्का नेकपाभित्र जिल्लामा प्रभावशाली नेताका रूपमा चिनिँदै आएका छन् । उनले यो पटक पार्टीले विश्वास गरेर टिकट दिएको बताए ।
जिल्लाको विकास र युवाको प्रतिनिधित्व गरेको भन्दै आम मतदातामा भरोसा जितेर निर्वाचनको तयारीमा जुट्ने उनले बताए ।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट दोलखा (१) बाट बागमती प्रदेशसभामा निर्वाचित बनेर खड्का वन तथा वातावरणमन्त्री बनेका थिए ।