नुवाकोट शिवपुरीको कार्कीडाँडामा गुम्बाको भवन उद्घाटन

पूर्वमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता हितबहादुर तामाङले गुम्बा भवन उद्घाटन गरेका हुन् ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Inauguration of the monastery building at Karkidanda, Shivpuri, Nuwakot

नुवाकोट — नुवाकोट शिवपुरी गाउँपालिका–५ भट्टार कार्कीडाँडामा अवस्थित साङ्गे छ्योइलिङ गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । 

मंगलबार एक समारोहबीच पूर्वमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता हितबहादुर तामाङले गुम्बा भवन उद्घाटन गरेका हुन् । 

कार्यक्रमका वक्ताहरूले साङ्गे छ्योइलिङ गुम्बाले धार्मिक संरक्षण, प्रवर्द्धन तथा स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

२०७२ को भूकम्पले सोही ठाउँमा रहेको पुरानो गुम्बा भवन भत्काएपछि नयाँ भवन निर्माण गरिएको हो । 

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राधिका तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, गुम्बाका अध्यक्ष रघुवीर तामाङलगायत, विभिन्न पालिकाका जनप्रतिनिधि, दलीय प्रतिनिधि, समाजसेवी, धर्म गुरु, स्थानीयको उपस्थिति थियो ।

Inauguration of the monastery building at Karkidanda, Shivpuri, Nuwakot

Inauguration of the monastery building at Karkidanda, Shivpuri, Nuwakot

कान्तिपुर

Link copied successfully