भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

प्रहरी चौकी फलामेटारमा कार्यरत ३५ वर्षीय रामकृष्ण खड्काको सोमबार दिउँसो भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

पुस २८, २०८२

ज्योती श्रेष्ठ

Police constable dies after falling from cliff

काभ्रे — जिल्लास्थित खानीखोला गाउँपालिकामा एक प्रहरी हवल्दारको भीरबाट लडेर मृत्यु भएको छ ।

गाउँपालिकाको प्रहरी चौकी फलामेटारमा कार्यरत ३५ वर्षीय रामकृष्ण खड्काको सोमबार दिउँसो भीरबाट लडेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

खड्का सोमबार बिहान करिब १० बजेको समयमा कार्यालयको कामका सिलसिलामा चौकीबाट निस्किएका थिए । दिउँसो साढे ३ बजेतिर उनी गोरेटो बाटोबाट करिब २५ फिट तल खसेको अवस्थामा फेला परेको शाहले बताए । मृतक खड्काको स्थायी घर दोलखा हो ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully