राप्ती खोलामा एक महिने सुत्केरीको शव भेटियो

काठमाडौं बुढानिलकण्ठ घर भई सुत्केरी बस्न माइती आएकी स्याङतान आइतबार बिहान घरबाट निस्केर नआएपछि खोजी गर्ने क्रममा राप्ती खोलामा शव फेला परेको थियो।

पुस २८, २०८२

प्रताप विष्ट

Body of a one-month-old baby found in Rapti River

हेटौंडा — सुत्केरी बस्न माइती आएकी एक महिनाकी सुत्केरी महिला राप्ती खोलामा मृत अवस्थामा फेला परेकी छिन्।

हेटौंडा उपमहानगरपालिका-१२ माइती घरमा सुत्केरी बस्न आएकी ३७ वर्षीया मिलन स्याङतानको शव हेटौंडा-१२ आपधापस्थित राप्ती खोलामा डुबेको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

काठमाडौं बुढानिलकण्ठ घर भई सुत्केरी बस्न माइती आएकी स्याङतान आइतबार बिहान घरबाट निस्केर नआएपछि खोजी गर्ने क्रममा राप्ती खोलामा शव फेला परेको थियो। माइती घर भन्दा ३ किलोमिटर पश्चिमतर्फ राप्ती खोलामा उनको शव फेला परेको थियो। स्याङतानले डिप्रेसनको औषधि सेवन गरिरहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully