माघ ६ गतेसम्म चल्ने महोत्सवमा मह उत्पादन र बजारीकरणलाई विशेष प्राथमिकता दिइएको छ।
What you should know
चितवन — रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा शुक्रबारदेखि १३ औं संस्करणको रत्ननगर महोत्सव सुरु भएको छ।
महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्घाटन गरे । उद्घाटनअघि बिहान १२५ वटा संघसंस्थाको उपस्थितिमा शोभायात्रा निकालिएको थियो।
माघ ६ गतेसम्म चल्ने महोत्सवमा महको उत्पादन र बजारीकरणलाई विशेष प्राथमिकता दिइएको छ। महको उत्पादन र प्रर्वद्धनको लागि छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिादै समग्र चितवनका आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए।
यसपटक महोत्सवको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए।
महोत्सव अन्तर्गत भजन, शंखध्वनी, महिला कबड्डी तथा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुनेछ । बाल उद्यानमा बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली निर्माण गरिएको छ।
पर्यटन प्रर्वद्धनका लागि खगेरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जीप सफारी सञ्चालन गरिएको छ । महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टल समेत रहने छन् । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५ सय स्टल रहेका छन् ।
यस्तै महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा ‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔं रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारासहित रैथाने बालीको संरक्षण र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सव महोत्वब अन्तर्गत पुस २९ देखि माघ ४ सम्म सौराहाचोकस्थित बसपार्कमा ‘छैटौं रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ।
टााडी बजारलाई चलायमान गराउन र स्थानीय खानाका परिकारको प्रर्बद्धनको लागि खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम संयोजक ज्ञानबहादुर बिसुरालले जानकारी दिए।
कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिादै बृहत कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको कृषि प्रर्वद्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए।
रत्ननगर नगरपालिका संरक्षक रहेको महोत्सवमा रामजानकी मन्दिर आकृतिको भव्य गेट निर्माण, जनजाति समुदायको सुन्दर गाउँ, बेरोजगारी समस्या निराकरण गर्न रोजगार मेलालगायतका विषयलाई अगाडि बढाइएको संघका अध्यक्ष गिरीले बताए।
कार्यक्रमका प्रमुख अतिथि महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । ‘मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ,’ उनले भने,‘यो अवस्थाको अन्त्यको लागि राज्यले निजी क्षेत्रलाई लगानीको वातावरण तयार गर्नुपर्छ ।’ मुलुकको अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा रहेको निजी क्षेत्रलाई हेर्ने बुझ्ने र सोच्ने दृष्टिकोणमा परिर्वतन हुन जरुरी रहेको बताए ।
रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले रत्ननगर महोत्सवलाई स्थानीय सरकारले संरक्षकत्व प्रदान गर्दै आएको भन्दै किसानले अनुभूति गर्नेगरी स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा ध्यान दिन आग्रह गरे ।
