फागुन २१ गते हुने निर्वाचनका लागि आइतबार हेटौंडामा बसेको एमाले जिल्ला कमिटि बैठकले क्षेत्र नम्बर १ बाट ६ र २ बाट २ जना उम्मेद्वारको नाम सिफारिस गरेको हो।
हेटौंडा — आसन्न निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट एमालेले ८ जनाको नाम सिफारिस गरेको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि आइतबार हेटौंडामा बसेको एमाले जिल्ला कमिटि बैठकले क्षेत्र नम्बर १ बाट ६ र २ बाट २ जना उम्मेद्वारको नाम सिफारिस गरेको हो।
क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य रामेश्वर राना, पूर्वसांसद कृष्ण दाहाल, राष्ट्रिय सभाका पूर्वसांसद रामचन्द्र राई, जिल्ला उपाध्यक्ष हिदम लामा, मदन दाहाल र ताराप्रसाद सापकोटाको नाम सिफारिस गरिएको छ।
निर्वाचन क्षेत्र नम्बर २ बाट केन्दीय सदस्य निर्वतमान सचेतक महेश बर्तौला र संविधान सभा सदस्य सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरिएको एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष हिदम लामाले बताए।
निर्वाचन क्षेत्र नम्बर १ को शनिबार बसेको बैठकले सात जना आकांक्षीको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको थियो। सिफारिस गरेका मध्ये प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले नाम फिर्ता लिएका थिए । क्षेत्र नम्बर २ कमिटिले भने २ जनाको मात्रै नाम सिफारिस गरेको थियो।
