ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार चालक र कार नियन्त्रणमा 

कारले सडकमा घिसारेर लैजादा प्रहरीको टाउको, हात र खुट्टामा चोट लागेको छ । प्रहरीको टाउकोमा १८ वटा टाका लगाइएको छ । उनको उपचार हेटौंडास्थित सहकारी अस्पतालमा भइरहेको छ ।

पुस २०, २०८२

प्रताप विष्ट

Driver and car fleeing after injuring traffic police officer captured

हेटौंडा — नवलपुरवाट हेटौंडा बजारतर्फ आउँदै गरेको कारलाई ट्राफिक प्रहरीले मादक पदार्थ सेवन चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कारले घिसारेर फरार भएका चालक र कारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उप–महानगरपालिका–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक कार्यालयका प्रहरी टोलीले शुक्रबार राति कार रोकेर व्रेथलाईजर मेसिनबाट मादक पदार्थ सेवन चेकजाँच गर्न लाग्दा कार चालकले एक्कासी सिसा बन्द गरेर प्रहरीलाई १० मिटर परसम्म सडकमा घिसारेर भागेका थिए । 

कारले सडकमा घिसारेर लैजादा प्रहरीको टाउको, हात र खुट्टामा चोट लागेको छ । प्रहरीको टाउकोमा १८ वटा टाका लगाइएको छ । उनको उपचार हेटौंडास्थित सहकारी अस्पतालमा भइरहेको छ । 

प्रहरीले चेकजाँच गर्न खोज्दा प्रहरीलाई घाइते बनाउने कारको खोजतलास गर्ने क्रममा शनिबार  चितवन भरतपुरवाट बा ६ च ८४०९ नम्बरको कार र हेटौंडा उपमहानगरपालिका–५ गर्दौईका ४६ वर्षीय चालक बासुदेव आचार्यलाई कारमा रहेको ब्रेथलाईजर मेसिनसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुस्कर बोगटीले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully