साढे ५३ किलो गाँजासहित सात जना पक्राउ

सातै जनाले बोकेको झोला खानतलासी गर्दा प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।

पुस १६, २०८२

प्रताप विष्ट

Seven people arrested with 53.5 kg of marijuana

हेटौंडा — मकवानपुर प्रहरीले गाँजासहित सात जनालाई पक्राउ गरेको छ । ५३ किलो ५ सय ७० ग्राम गाँजासहित बुधबार उनीहरू पक्राउ परेका हुन् ।

राक्सिराङ गाउँपालिका—९ अठारे घर भई चितवन राप्ती नगरपालिका-१ का ४८ वर्षीय होमबहादुृर अधिकारी, राक्सिराङ गाउँपालिका-९ अठारेका १९ वर्षीय हीरालाल चेपाङ, सोही स्थानका १९ वर्षीयद्वय सुकराम चेपाङ र रामशरण चेपाङ, २५ वर्षीया विन्दीमाया चेपाङ, २९ वर्षीया रन्जिता चेपाङ र ३० वर्षकी शुक्रमाया चेपाङ पक्राउ परेका हुन ।

चितवनवाट हेटौंडातर्फ आउँदै गरेको बाप्र ०१-००६ ख ७७०१ नम्बरको यात्रुवाहक बसलाई इलाका प्रहरी कार्यालय मनहरीमा रोकेर चेकचाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो । 

पक्राउ परेका सातै जनाले बोकेको  झोला खानतलासी गर्दा प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।

पक्राउ परेकामध्ये एकै परिवारका चार जना रहेका छन । पक्राउ परेका  सातै जनालाई जिल्ला अदालत मकवानपुरवाट लागू औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully