बैकुण्ठ दाहालको अध्यक्षतामा भएको तदर्थ समितिले जिल्लाभरबाट प्रतिनिधि भेला गरी जिल्ला कार्य समिति गठन गरेको हो ।
धादिङ — श्रम संस्कृति पार्टीले धादिङमा जिल्ला कार्य समिति गठन गरेको छ । धरान उपमहानगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) अध्यक्ष रहेर गत असोज ७ मा निर्वाचन आयोगमा दर्ता भएको श्रम संस्कृति पार्टीले मंगलबार धादिङमा जिल्ला कार्य समिति गठन गरेको हो ।
पार्टीका केन्द्रीय उपाध्यक्ष लोकनाथ चुडालको उपस्थितिमा भएको भेलाले सेतेमान घलेको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति गठन गरेको हो ।
बैकुण्ठ दाहालको अध्यक्षतामा भएको तदर्थ समितिले जिल्लाभरबाट प्रतिनिधि भेला गरी जिल्ला कार्य समिति गठन गरेको हो ।
घलेको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा राज तामाङ, बैकुण्ठ दाहाल, सचिव प्रलाद सिलवाल , सहसचिवमा आस्था तामाङ र मानसिंह तामाङ, कोषाध्यक्षमा मुक्तिनाथ चन्द र अन्य ४२ जना सदस्य रहने गरी ५१ जनाको कार्य समिति गठन गरेको हो ।
