सशस्त्र प्रहरीको स्वास्थ्य शिविरमा ९० जनाको परीक्षण

स्वास्थ्य परीक्षणमा ओपीडी जाँच, चिसोबाट जोगिन र हुन सक्ने संभावित रोगका विषयमा स्वास्थ्य परामर्शसहित औषधिसमेत वितरण गरिएको थियो ।

पुस १५, २०८२

केदार शिवाकोटी

90 people tested at Armed Police Force health camp

दोलखा — सशस्त्र प्रहरीले संचालन गरेको चिसो मौसममा हुने स्वास्थ्य समस्यासित जोगिन परामर्श र उपचारका लागि गरिएको स्वास्थ्य शिविरमा ९० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालको समन्वयमा सशस्त्र प्रहरी बल १८ नम्बर गुल्मले मंगलबार चरिकोटमा संचालन गरेको स्वास्थ्य परीक्षणमा ओपीडी जाँच, चिसोबाट जोगिन र हुन सक्ने संभावित रोगका विषयमा स्वास्थ्य परामर्शसहित औषधिसमेत वितरण गरिएको सशस्त्र प्रहरी बल दोलखाका सशस्त्र प्रहरी नायव उपरीक्षक संजयकुमार अधिकारीले बताए ।

२५ औं सशस्त्र प्रहरीको स्ठापना दिवसको पूर्वसंध्यामा संचालन गरिएको स्वास्थ्य शिविरमा स्थानीयसहित सशस्त्र प्रहरीका कर्मचारी र उनीहरूका परिवारको समेत स्वास्थ्य परीक्षण गर्नुका साथै चिसोमा हुने स्वास्थ्य समस्या जोगिन परामर्श दिइएको उनले बताए ।

केदार

Link copied successfully