भक्तपुरमा २ लाख ५ हजार मतदाता पुगे

जिल्ला निर्वाचन कार्यालयका अनुसार १ लाख ५ हजार २६५ महिला, १ लाख १४० पुरुष तथा ५ जना अन्य मतदाता रहेका छन् ।

पुस १४, २०८२

सुन्दर शिल्पकार

205,000 voters reached Bhaktapur

भक्तपुर — आगामी निर्वाचनका लागि भक्तपुरमा मतदाताकाे संख्या २ लाख ५ हजार ४१० पुगेकाे छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार १ लाख ५ हजार २६५ महिला, १ लाख १४० पुरुष तथा ५ जना अन्य मतदाता रहेका छन् । 

जिल्लाभर ७६ मतदान स्थल अन्तर्गत २ सय ३३ मतदान केन्द्र तोकिएका छन् । 

निर्वाचन कार्यालयका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं १ मा कुल १ लाख ७ हजार ५४ जना मतदाता रहेका छन्। त्यसमध्ये ५२ हजार ६६ पुरुष, ५४ हजार ९८८ महिला मतदाता छन् । याे क्षेत्रमा ३७ मतदान स्थल र ११९ मतदान केन्द्र रहेका छन्। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत चाँगुनारायण र भक्तपुर नगरपालिका पर्छन् ।

क्षेत्र नं २ मा  कुल ९८ हजार ३५६ जना मतदाता रहेका छन्। त्यसमध्ये ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला तथा ५ जना अन्य मतदाता रहेका छन् । याे क्षेत्रमा ३९ मतदान स्थल र ११४ मतदान केन्द्र तोकिएका छन् ।
भक्तपुर २ अन्तर्गत मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका पर्छन्। 

सुन्दर

Link copied successfully