बीपी राजमार्ग पुनर्निर्माणमा खटिएका मजदुरको ढिस्कोले पुरिएर मृत्यु

रोशी गाउँपालिका नार्केमा पुनर्निर्माणको क्रममा आइतबार बिहान ८:३० बजेतिर ढिस्कोले पुरिएर जाजरकोटका २१ वर्षीय दीपेन्द्र थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

पुस १३, २०८२

ज्योती श्रेष्ठ

Worker assigned to BP Highway reconstruction dies after being buried under rubble

काभ्रे — बीपी राजमार्ग पुनर्निर्माणमा खटिएका मजदुरको ढिस्कोले पुरिएर मृत्यु भएको छ । 

भकुण्डे-नेपालथोक खण्डस्थित जिल्लाको रोशी गाउँपालिका नार्केमा पुनर्निर्माणको क्रममा आइतबार बिहान ८:३० बजेतिर ढिस्कोले पुरिएर जाजरकोटका २१ वर्षीय दीपेन्द्र थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

उनका अनुसार, घाइते हुनेमा जाजरकोटकै २४ वर्षीय नवीन रोकाय रहेका छ्न् । उनको मेथिनकोट अस्पतालमा उपचार भइरहेको उनले बताए ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully