मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पौडेललाई शनिबार बेलुका नै चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार गर्न लगिएको थियो ।

पुस १३, २०८२

प्रताप विष्ट

Pedestrian dies after being hit by motorcycle

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१९ वस्तीपुरस्थित मोटरसाइकलको ठक्करबाट पैदलयात्रु वृद्धको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको वस्तीपुर सडक खण्डको बाटो पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट मनहरी गाउँपालिका–३ का ७० वर्षीय रघुनाथ पौडेलको मृत्यु भएको हो । 

मोटरसाइकल चालक र मोटरसाइकल पछाडी सवार दुवै जना घाइते भएका थिए । उनीहरुको उपचार चुरहिल अस्पतालमा भइरहेको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पौडेललाई शनिबार बेलुका नै चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार गर्न लगिएको थियो । 

उपचारकै क्रममा शनिबार राति नै पौडेलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । नेवारीपानीबाट वस्तीपुरतर्फ आइरहेको बा.प्र.०३–००५ प ६४२९ नं.को मोटरसाइकलले पौडेललाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

उक्त घटनामा मोटरसाइकल चालक हेटौडा उपमहानगरापालिका–१९ वस्तीपुरका २७ वर्षीय विजय घलान र मोटरसाइकल पछाडी सवार १८ वर्षीय रोशन गोले घाइते भएका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully