रामेछापमा सिंचाइ पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

शनिबार बिहान ८:३० बजे घरबाट हराएकी दिपिसा भुजेल साँझ साढे ५ बजे घर नजिकैको सिंचाइ पोखरीमा मृत भेटिएको मन्थली नगरपालिका–५ सुनारपानीका वडाध्यक्ष रवीन कार्की (नवीन) ले जानकारी दिए ।

पुस १२, २०८२

नवराज श्रेष्ठ

10-year-old girl dies after drowning in irrigation pond in Ramechhap

रामेछाप — जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा १० वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ ।

शनिबार बिहान ८:३० बजे घरबाट हराएकी दिपिसा भुजेल साँझ साढे ५ बजे घर नजिकैको सिंचाइ पोखरीमा मृत भेटिएको मन्थली नगरपालिका–५ सुनारपानीका वडाध्यक्ष रवीन कार्की (नवीन) ले जानकारी दिए । उनका अनुसार बालिका हराएको थाहा पाएपछि आफन्त र स्थानीयले खोजी गरेका थिए । 

खोजीको क्रममा पोखरी नजिकै बालिकाको चप्पल फेला परेको थियो । यसपछि पोखरीमा खोजी गर्दा बालिका मृत भेटिएकी हुन् ।

स्थानीयका अनुसार मृतक बालिका शारीरिक रूपमा अशक्त थिइन् । घटनापछि स्थानीय समुदायमा शोक र दुःखको छाएको छ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully