बाग्मतीको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा

यसअघि अधिवक्ता सुकदेव काफ्ले मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा थिए । उनले राजीनामा दिएपछि अप्सरा बस्नेतको नाम मुख्यमन्त्री बानियाँले सिफारिस गरेका हुन्  ।

पुस ६, २०८२

प्रताप विष्ट

Advocate Apsara appointed as Chief Advocate of Bagmati

हेटौंडा — बाग्मती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त भएकी छन् ।  प्रदेश प्रमुख दीपकप्रसाद  देवकोटाले आइतबार उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्य न्यायधिवक्ताका लागि गत मंगलबार नै उनको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।  

यसअघि दोलखाका अधिवक्ता सुकदेव काफ्ले मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा थिए । उनले राजीनामा दिएपछि बस्नेतको नाम मुख्यमन्त्री बानियाँले सिफारिस गरेका हुन्  ।

अधिवक्ता बस्नेत जिल्ला बार एसोसिएसन मकवानपुरकी निवर्तमान अध्यक्षसमेत हुन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully