चुच्चेखोलामा रुखबाट लडेर एक जना घाइते

चौलागाईं रुखमा चढ्ने क्रममा चिप्लिएर करिब १० फिट तल खसेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंसिर २९, २०८२

सुवास विडारी

One injured after falling from a tree in Chuchkhola

मकवानपुर — हेटौंडा-१७ चुच्चेखोलामा रुखबाट लडेर एक जना घाइते भएका छन् । स्थानीय ४८ वर्षीय राजुप्रसाद चौलागाई घरदेखि करिब एक किलोमिटर उत्तरतर्फ रहेको रानी सामुदायिक वनमा स्याउला काट्न गएका बेला रुखबाट लडेर घाइते भएका हुन् ।

चौलागाईं गेरुलेको रुखमा चढ्ने क्रममा चिप्लिएर अचानक करिब १० फिट तल खसेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते उनलाई श्रीमती दुर्गाकुमारी चौलागाईले उपचारका लागि मकवानपुर सहकारी अस्पतालमा लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ढाडमा भित्री चोट लागेका घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully