हेटौंडा उपमहानगरपालिका—३ लेवटमा झोला बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागेर गोलेको झोला खोतलेर हेर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी राजुप्रसाद कुर्मीले बताए ।
हेटौंडा — मकवानपुरमा प्रहरीले गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका—१ की ४५ वर्षीया लक्ष्मीमाया गोलेलाई २२ केजी ६ सय ग्राम गाँजासहित आइतबार पक्राउ गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका—३ लेवटमा झोला बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागेर गोलेको झोला खोतलेर हेर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी राजुप्रसाद कुर्मीले बताए । गोलेले रातो प्लास्ट्रिकले बेरेर जेब्रा झोलामा लुकाएर गाँजा प्याक गरेर ल्याएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आवमा ६ हजार ४ केजी गाँजा बरामद गरेको थियो । यसै अवधिमा लागुऔषध ओसारपसार र कारोबार गरेको आरोपमा २८९ जनालाई पक्राउ गरेको थियो ।
