नारायणगढमा 'चित्तौन कचेहेरी' को तेस्रो संस्करण

बेटर चितवनको आयोजनामा नारायणी कला मन्दिर र थारू कल्याणकारिणी सभा चितवनसहित विभिन्न ६ संस्था सह-आयोजक रहेको 'चित्तौन कचेहेरी' शनिबार साँझ समापन हुने छ ।

मंसिर २५, २०८२

रमेशकुमार पौडेल

Third edition of 'Chittaun Kacheheri' in Narayangadh

चितवन — नारायणगढमा बिहीबार साँझ 'कविता कचेहेरी'बाट 'चित्तौन कचेहेरी' को तेस्रो संस्करण सुरू हुँदैछ ।

बेटर चितवनको आयोजनामा नारायणी कला मन्दिर र थारू कल्याणकारिणी सभा चितवनसहित विभिन्न ६ संस्था सह-आयोजक रहेको 'चित्तौन कचेहेरी' शनिबार साँझ समापन हुने छ ।

नारायणगढ नारायणी कला मन्दिरमा हुने कार्यक्रममामा शुक्रबारबाट ५० भन्दा बढी वक्ताले विभिन्न १५ विषयमा बहस, छलफल, विचार प्रवाह र टिप्पणीसहित मन्थन गर्ने छन् ।

'चित्तौन कचेहेरी'को यो श्रृङ्खला भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका तात्पर्यमाथि केन्द्रित रहेर छलफल हुने आयोजक समितिका संयोजक इन्जिनियर सागर कार्कीले जानकारी दिए । सो आन्दोलनसँग सम्बन्धित दुई वटा सत्र रहने छन् ।

अन्य सत्रहरू पत्रकारिता, बसाइँसराइ, नागरिकता, अल्पसंख्यकका आन्दोलन, अभियान र पहिचानका विषयमा रहेका छन् । यस पटकको मुख्य वक्ता भारतीय कवि तथा पत्रकार जेसिन्ता केरकट्टा रहेको आयोजकले जानकारी दिए ।

आयोजकले 'चित्तोन कचेहेरी'विचारहरूको उत्सव भन्ने गरेका छन् । चितवनका आदिवासी थारू समुदायको भाषाबाट कार्यक्रमको शीर्षक चयन भएको 'चित्तौन कचेहेरी'मा सामान्य व्यक्तिका विषयहरूले प्रथामिकता पाउने गरेको आयोजकको भनाई छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully